Nepal11 News » News » धरानबाट पक्राउ परेकी हनिप्रीतसँग अनुहार मिल्ने युवती को

धरानबाट पक्राउ परेकी हनिप्रीतसँग अनुहार मिल्ने युवती को

आश्विन ४, २०७४-दुई साध्वीको बलात्कार अभियोगमा २० वर्ष सजाय भोगिरहेका भारतको राजस्थानमा जन्मेका ५० वर्षीय बाबा गुरुमित रामरहमि सिंहका सहयोगी हनिप्रीत उर्फ प्रियंका तनेता धरानमा मंगलबार पक्राउ परेको आशंका गरिएको छ । 

पर्यटकीयस्थल भेडेटार घुमेर फर्केको अवस्थामा धरान १३ मा रहेको सेवारो सेकुवा कर्नरमा भारतीय नम्बर प्लेटको गाडीमा हनिप्रीतसँग मिल्दो अनुहार भएकी युवतीसँग एक युवक देखापरेपछि सादापोशाकमा आएका प्रहरीले मंगलबार पक्राउ गरेको थियो । हनिप्रीत गत २५ अगस्त देखि फरार रहेकी थिइन् ।

हनिप्रीत पक्राउ परे वा नपरेकोबारे प्रहरीले भने खुलाउन चाहेको छैन । हनिप्रीत पक्राउ परेको बारे कोशी अञ्चल प्रहरी प्रमुख हरिबहादुर पालले हनिप्रीतसँग अनुहार मिलेको एउटी भारतीय युवती दुई दिनदेखि धरानको होटलमा बसेको तर परिचय पत्र हेर्दा अर्के भारत पटनाकी यादव थरकी युवती रहेको परिचय खुलेको बताए । उनीहरुलाई सोधपुछ गरेर छाडिएको प्रहरीले जनाएको छ । तर स्थानीय प्रत्यक्षदर्शीहरुले सादापोशाकमा आएका प्रहरीले पक्राउ गरेर लगेको बताएका छन् । हनिप्रीत बाबा रामरहीमका निकट र उत्तराधिकारी मानिन्छिन् ।

भारतीय सञ्चार माध्यमले बाबा गुरमित रामरहिमकी कथित छोरी हनिप्रीत भागेर विराटनगर हुँदै नेपालको विभिन्न सहरमा लुकेर बसेको समाचार प्रसारण गरेपछि सुनसरीमा पनि प्रहरीलाई सकस बढेको छ ।

  

केही समयअघि उनलाई महेन्द्रनगर र विराटनगरमा देखिएको हल्ला चलेको थियो । हरियाणा पुलिसले हनिप्रीत महेन्द्रनगरमा लुकेको बताउँदै आएको थियो । उनलाई त्यहाँ तीनजनासँग देखिएको बताइएको थियो । उनी आफ्नो भेष बदलेर बसिरहेको भारतीय सञ्चारमाध्यमको दाबी रहेको अवास्थामा हनिप्रीति धरानमा पक्राउ परेको आशंका गरिएको छ । 

 उनको खोजी गर्न पुलिसले १० जनाको समूह बनाएको बताए पनि जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रमुख एसपी विद्यानन्द माझीले यो सबै गलत भएको बताए । 

भारतीय सञ्चारमाध्यमले हनिप्रीत नेपालको पनि धरानमा रहेको दाबी गरेपछि मंगलबार भारतीय पत्रकार समेत धरान आएका थिए । रामरहिमले छोरी बनाएको बताएपनि हनिप्रीत र उनीबीच अवैध यौनसम्बन्ध रहँदै आएको भारतीय सञ्चारमाध्यमले खुलासा गरेका छन् ।

सन १९९९ को भ्यालेन्टाइन डेमा गुरमितका अनुयायी विश्वास गुप्तासँग विवाह गरेकी हनिप्रीतिको असली नाम प्रियंका तनेजा हो । विवाहपछि गुप्तालाई ज्वाईं र हनिप्रीतलाई छोरी भनेर सम्बोधन गरेपनि गुप्ताले रामरहिमको नीजि कक्षमा आपत्तिजनक अवस्थामा देखेरपनि चुपचाप बसेको खुलासा समेत गरेका छन् । 





यो पेज​ शेयर गर्नुहोस्