Nepal11 News » News » धनुषाको हंसपुर नगरपालिकाको मेयर र उपमेयरमा राजपा विजयी

धनुषाको हंसपुर नगरपालिकाको मेयर र उपमेयरमा राजपा विजयी

आश्विन ४, २०७४-धनुषाको ह‌ंसपुर नगरपालिकामा विजयी बन्दै राजपाले खाता खोलेको छ । 

हंसपुर मेयरमा राजपाका रामज्ञान मण्डल र उपमेयरमा रेणु झा विजय भइन् । मेयरमा निर्वाचित मण्डलले ३ हजार ३ सय २० मत प्राप्त गरे भने उनका निकतम् प्रतिस्पर्धी नेपाली कांग्रेसका प्रदीपकुमार यादवले ३ हजार २ सय २९ मत ल्याएका छन् । 

९ वडा रहेकाे हंसपुर नगरपालिकामा मेयर र उप मेयरमा राजपा विजय भएकाे प्रजिअ दिलीप चापागाइले बताए । मतपरिणाम घाेषणा हुन बाकी रहेकाे छ । राजपाले वडा नं.१, २ र ३ समेत प्यानलसहित विजयी भएकाे छ ।





यो पेज​ शेयर गर्नुहोस्